रामचन्द्र मोक्तान, मकवानपुर ।
मकवानपुरमा बाहिरी जिल्लाका मानिस प्रवेशमा कडाइ गरिने भएको छ । मंगलबार बसेको कमान्ड पोस्टको बैठकले अति आबस्यक कामको सिलसिलामा बाहिरी जिल्लाबाट आउने कर्मचारीलाई समेत अनिवार्य पिसिआर परिक्षण गरेर मात्र जिल्ला प्रवेश गर्न दिने निर्णय गरेको छ ।
तराईका जिल्लाहरुबाट आउनेहरूलाई बिशेश कडाइ गरिने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल्को उपस्थितिमा बसेको बैठकले बाहिरी जिल्लाबाट अति आबस्यक परेर आउनु परेमा पिसिआर परिक्षण गरेर मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।
यसअघि र्यापिड टेस्ट (आरडिटी) परिक्षण गर्ने गरिएको भएपनी अब पिसिआर परिक्षण गरेर मात्र जिल्ला प्रवेश गर्न दिने प्रमुख खुलालले बताउनु भयो