रबिन्द्र यादव, नवलपरासी ।
लकडाउनको मौका छोपी नवलपरासी पश्चिम जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता गाउँपालिकाको वडा नं. ५ बन्नकट्टी गाउँबाट बिहिवार विहान सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट गुठी प्रसौनीले नवलपरासीले नेपालबाट भारत लैजानको लागि करिब एक सय पचास लिटर बराबरको घरेलुु मदिरा नेपाल भारतको दशगजाको छेउमा रहेको केराबरीमा लुकाएर राखेको अवस्थामा मदिरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
स्थानियको गुनासो पछि सकृय बन्दै गएको सशस्त्र प्रहरी सुराकिको आधारमा सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको गस्तीटोलीले उक्त रक्सी बिहीबार बिहान नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरीलाई देखेर तस्कर रक्सी केरा बारीमा छोडेर फरार प्रहरी निरिक्षक अधिकारीले बताए । नियन्त्रणमा लिइएको घरेलुु मदिरा स्थानिय , पत्रकार, सुरक्षाकर्मीहरूको रोहबरमा नष्ट गरिएको हो ।