भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिका भित्र रहेका बिद्यालयहरुले कक्षा १ देखि ९ सम्मको परिक्षाफल प्रकाशनको तयारीमा जुटेका छन् । नगरभित्रर रहेका २८ वटा सामुदायिक बिद्यालयले भोलि शुक्रवार परिक्षाफल प्रकाशनको तयारीमा जुटेका हुन् ।
जसमध्ये कक्षा ८ सञ्चालनमा रहेका सामुदायिक र संस्थागत तर्फका २१ बिद्यालयले भोली शुक्रवार नतिजा प्रकाशन तयारीमा रहेका छन् । स्रोतका अनुशार भोलि शुक्रबार दिउसो ११ बजे नतिजा प्रकाशन गरिने तयारी भैरहेको छ ।