
रामचन्द्र मोक्तान, मकवानपुर ।
बुद्धको जयन्तीको अबसरमा बिहीवार धादिङको थाक्रे गाउँपालिकाद्वारा दिप प्रज्वलन गरिएको छ । गौतम बुद्धको २५६४ औं जयन्तीको अबसरमा सरकारले स्वास्थ्य कर्मी र सुरक्षा कर्मिको सम्मानमा साँझ दिप प्रज्वलन गर्न आह्वान गरे अनुसार थाक्रे गाउँपालिकाले दिप प्रज्वलन गरेको हो ।

बुधबार बसेको मन्त्रीपरिसदको बैठकले सम्पुर्ण नागरिकहरुलाई बेलुकी घरमै दिपावली गरेर बुद्ध जयन्ती मनाउन आह्वान गर्दै स्वास्थ्य कर्मी र सुरक्षा कर्मिको सम्मानमा दिप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको थुयो । यो बर्षा कोरोना भाईरसबाट बच्न जारी लकडाउनका कारण बौद्ध धर्मबलम्बिहरुले चैत्य , गुम्बा बिहार लगायत स्थलमा सिमित रूपमा लामा एबं बौद्ध धर्म गुरु मात्र बसेर परम्परा देखि हुँदै आएको पुजा लगायत विधि मात्र पुरा गरि बुद्ध जयन्ती मनाईएको छ ।