
मकवानपुर ।
पौडी खेल्ने क्रममा एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं १९ का राजु अधिकारीको ८ बर्षिया छोरी अरमिता अधिकारी रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रबक्ता सुजन पाठकले जानकारी दिए । अरमिता आज दिउँसो पौडी खेल्न भनी खोलामा पुगेकी थिईन ।

पौडी खेल्ने क्रममा डुबेर बेहोस भएकी उनलाई चुरेहिल अस्पताल पुर्याईएको थियो र उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ि