• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

भारतले लखेटेपछि दशगजामै बास

पावर संदेश
   २७ बैशाख २०७७, शनिबार ०८:४५  मा प्रकाशित
  • 313 पटक पढिएको







  • बाँके ।

    भारतमा कोरोना संक्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किए। भारत श्रावस्ती जिल्ला भिन्गास्थित क्वारेन्टाइनले उनीहरुलाई राख्न नमानेपछि भारतीय प्रहरीले नरैनापुर गाउँपालिका- १ सुइँया नाकाबाट उनीहरुलाई नेपाल प्रवेश गरायो ।

    ‘मजदूर फर्किएको सूचना प्राप्त हुनेबित्तिकै नरैनापुर गाउँपालिकाले उनीहरुलाई आदर्श मावि लक्ष्मणपुरमा रहेको क्वारेन्टाइनमा राखेको थियो’, गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भने, ‘तर सशस्त्र प्रहरीले २१ जनालाई लगेर दशगजामा राखेको छ।’

    भारतमा रोजगारी गरी घर फर्कने मजदूरको अवैध प्रवेशका कारण भारतसँग सीमा जोडिएको नरैनापुरमा कोरोना संक्रमणको जोखिम उच्च रहेको अध्यक्ष शाहले बताए। भारतबाट आएर दशगजाबाट लुकीछिपी आफ्नो गाउँघर पुग्न खोज्ने युवालाई प्रहरीले दशगजामै छेक्ने गरेको छ। कामदारका परिवारले उनीहरुलाई क्वारेन्टाइनमा राख्न अनुरोध गरे पनि आफूहरुलाई नेपाल भित्रिन नदिने निर्देशन भएकै कारण क्वारेन्टाइनमा राख्न नमिल्ने सशस्त्र प्रहरी बल गंगापुरका इन्चार्ज वीरेन्द्रबहादुर जिसीले बताए।

    ‘नेपाल प्रवेश गर्न नदिने निर्देशनविपरीत लुकीछिपी प्रवेश गरेको पाइएकाले उनीहरुलाई क्वारेन्टाइनमा राख्न मिलेन। हामीलाई प्रवेश गर्न नदिने निर्देशन छ’, इन्चार्ज जिसीले भने, ‘प्रवेश गर्न नदिने भनेपछि क्वारेन्टाइनमा राख्न दिने प्रश्न नै आउँदैन। यद्यपि यसअघिदेखि नै नरैनापुर गाउँपालिकाले भारतबाट आएका कामदारलाई क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्दै आएको छ ।’

    भारतले उता बस्न नदिने र नेपालले दशगजाभित्र पस्न नदिने गरेकाले नेपाली पीडित बनेको नेपाली काँग्रेस क्षेत्र नं १ का नेता रामचन्द्र मौर्यको भनाइ छ। उनले भने, ‘गाउँ फर्किनेहरु नेपाली नागरिक भएकाले उनीहरुको व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्छ, पन्छिन मिल्दैन ।’

    प्रदेश ५ सरकारले मंगलबार नै एक सूचना जारी गरी सबै स्थानीय तहमा भारतबाट आउने कामदारलाई लक्ष्य गरेर उनीहरुको व्यवस्थापनका लागि थप क्वारेन्टाइन निर्माण गर्न निर्देशनसमेत दिएको छ। ‘केन्द्र सरकारले कुनै पनि व्यक्ति प्रवेश गर्न नपाउने सूचना जारी गरेको छ, यो आपसमा विवादित देखियो’, गाउँपालिकाका अध्यक्ष शाहले भने, ‘हामी व्यवस्थापनका लागि तयार छौं तर प्रहरीले सीमाबाट प्रवेश गर्न दिँदैन ।’

    सीमा क्षेत्रमा अहिले पनि १०० भन्दा बढी कामदार अलपत्र अवस्थामा छन् । बुधबार राति नरैनापुर–५ का तीन कामदार पसेको सूचना आएपछि उनीहरुलाई प्रहरीले फेरि भारततर्फ फिर्ता पठाएको छ। ‘भारतले दशगजासम्म आउन दिने तर नेपाल प्रहरीले नेपाल प्रवेशमा रोक लगाउनुहुँदैन’, नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले भने। गत साता नै नरैनापुर क्षेत्रबाट ५६ धर्मगुरुको स्वाब संकलन गरी जाँच गरिएकामा सबैको रिपोर्ट निगेटिभ आएको छ। भारतबाट आउने कामदारका कारण जोखिम हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले बताए। -रासस



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑