कावासोती ।
पूर्बि नवलपरासीको कावासोतीमा रहेको बजाज मोटरसाइकलको आधिकारिक विक्रेता चेक ईन अटो प्रालिले नवलपुरमा कार्यरत पत्रकारहरुका लागि प्रेस ज्याकेट प्रदान गरेको छ । चेक ईन अटो प्रालिका कार्यकारी निर्देशक राम शर्मा लामिछानेले आईतबार नेपाल पत्रकार महासँघ नवलपरास्ीका सस्थापक अध्यक्ष भुपेन्द्र शर्मा गण्डर्षि मार्फत नवलपुरमा क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट प्रदान गरेको हो ।
प्रेस ज्याकेट वितरण कार्यक्रमा नेपाल पत्रकार महासँघ गण्डकी प्रदेश उपाध्यक्ष नारायण शर्मा , नेपाल पत्रकार महासँघ नवलपुरका उपाध्यक्ष श्रीराम सिग्देलको उपस्थितीमा गरिएको थियो । चेक ईन अटो प्रालिले पत्रकारहरुलाई १५ थान प्रेस ज्याकेट प्रदान गरेको हो । कोरोना संक्रमणका विरुद्ध पत्रकारहरु जोखिम मोलेर फिल्डमा खटिएको र उनीहरुको परिचय झल्काउनका लागि ज्याकेट प्रदान गरिएको चेक ईन अटो प्रालिका कार्यकारी निर्देशक राम शर्मा लामिछानेले बताए ।
साथै यहि बैशाख २५ गते देखि कावासोतीको बजाज सोरुममा बजाज कम्पनीको तिन पाग्रे अटो र मोटरसाइकलहरुको सर्भ्सििङ सेवा समेत सुरु गरिएको चेक ईन अटो प्रालिले जनाएको छ ।