
रामचन्द्र मोक्तान, मकवानपुर ।
मकवानपुरको मनहरीमा ८० किलो गाँजा सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका ६ कि फुलमाया तामाङ रहेकी छिन् । उनको घरमा गाँजा लुकाई राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलिले उनको घरमा खानतलासी गर्दा बोरामा पोको बनाई राखेको अबस्थामा गाँजा बरामद भएको जनाईएको छ ।

पक्राउ परेकी तामाङलाई ईलाका प्रहरी कार्यलयमा राखिएको र थप अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।