
श्रीकान्त गुप्ता,बारा ।
बारामा आइतबार राती ८ बजे एकजना पत्रकार माथी अज्ञात समुहले आक्रमण गरेकोछ । तराई मधेस पत्रीकाका संबादाता पवन यादव माथी आज्ञात समुहले आक्रमण गरेको हो ।

उनलाई सामाचार संकलन कार्य सकेर राती ८ बजे घर जाने क्रमामा हनुमान मन्दिरको अगाडि अज्ञात समुहले कुटपिट गरि गम्भीर घाइते बनाएको छ। यादवको कलैया अस्पतालमा उपचार भइरहेको छ भने जिल्ला प्रहरी कार्यालय बाराले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।