भिम भुसाल, देवचुली ।
स्वास्थ्यकर्मीलाई अस्पतालमै आईसोलेट गर्नुपर्ने र उचित सुरक्षाको ग्यारेन्टी स्थानिय सरकारले गर्नुपर्ने स्वास्थ्यकर्मीले माग गरेका छन् । बिश्वसँगै नेपालमा कोरोनाको संक्रमण बढ्दै गर्दा जोखिम मोलेर सेवा दिदै आईरहेका स्वास्थ्यकर्मीलाई राज्यले उचित प्रोत्साहन गर्नुपर्ने माग गरेका हुन् ।
दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र देवचुलीका मेडिकल अधिकृत डाक्टर आशिषबावु अर्यालले बिरामीसँग प्रत्यक्ष जोडिएका स्वास्थ्यकर्मीलाई स्थानिय सरकारले खाने, बस्ने ब्यवस्था सहित अस्पतालमै आईसोलेट गर्नुपर्ने, स्वास्थ्यकर्मको स्वाब परिक्षण गर्नुपर्ने, स्वास्थ्य सुरक्षाका सामाग्री प्रर्याप्त उपलब्ध गराउनुपर्ने लगाएतका माग गर्नुभयो । कोरोनाको लक्षण ४२ दिन सम्म देखिरहेको सन्र्दभमा स्वास्थ्यकर्मीलाई घर पठाउनुभन्दा अस्पतालमा नै सुरक्षित राख्न उपर्युक्त हुने डाक्टर आशिषको भनाई छ ।
अस्पतालका हरेक डाक्टर, कर्मचारी, कार्यालय सहयोगीलाई पिपिई सहितका स्वास्थ्य सामाग्री आवश्यक रहेको समेत स्वास्थ्यकर्मीको माग छ । मूख्य गरि स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी भए मात्र कोरोनाको भयावह अवस्था नियन्त्रण गर्न सकिने स्वास्थ्यकर्मीले बताएका छन् ।