
रमेश भुसाल, परासी ।
पश्चिम नवलपरासीमा पहिलो पटक एक जना कोरोना संक्रमित फेला परेका छन् । प्रतापपुर गाँउपालिकामा भारतबाट आएका एक नेपालीमा कारोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

संक्रमित ३६ वर्षिय पुरुष रहेका छन् । उनलाई थप उपचारका लागी परासी स्थीत पृथ्वी चन्द्र अस्पतालमा ल्याउने तयारी भईरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो ।
सोमबार पश्चिम नवलपरासीका १ सय ७३ जनाको स्वाब संकलन गरि आरटि पिसिआर परिक्षणका लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएको थियो । पश्चिम नवलपरासीका १ जना सहित नेपालमा संक्रमितको सङख्या २ सय ४३ पुगेको छ ।