
भिम भुसाल, देवचुली ।
पूर्वी नवलपसासीको देवचुली नगरपालिका अधोषित रुपमा शिल गरिएको छ । देवचुलीका एक पुरुषमा कोरोनाको संक्रमण देखिएसँगै देवचुलीलाई पूर्ण रुपमा हिड्डुलमा समेत रोक लगाईएको हो ।
देवचुली नगरभित्रका बैङ्क तथा बित्तिय संस्था, सहकारी सबै बन्द गर्न देवचुली नगरपालिकाले सुचित गरिसकेको देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो ।
देवचुली नगरपालिका कार्यालय आउने कर्मचारीलाई समेत आजदेखि रोक लगाईएको छ । नगरभित्रका स्वास्थ्यकर्मीलाई समेत सुरक्षित भएर सेवा प्रवाह गर्न अनुरोध गरिएको भुसालले बताउनुभयो ।
जेठ १ आज देखि जेठ ५ गते सम्मका लागी नगरपालिकाले सुचना नै प्रकाशित गरी खानेपानी, बित्तियसंस्था लगाएतका सम्पूर्ण संध संस्था बन्द गर्न अनुरोध गरेको छ ,
देवचुली १२ का कोरोना संक्रमित भारतको कोलकत्तादेखि चितवन सम्म आईपुगेका थिए । संक्रमित ब्यत्ति नवलपुर नआई भरतपुरमा नै कोरोना परिक्षण गरि आईसुलेसनमा बसेका छन् ।
