
भिम भुसाल, देवचुली ।
नवलपुरको देवचुली नगरपालिकाका एक पुरुषमा कोरोना पोजेटिभ देखिएपछी देवचुली नगरपालिका सुनसान बनेको छ । कहिकतै यत्रतत्र सञ्चालनमा आएका मोटरसाईकललाई समेत प्रहरीले नियन्त्रणमा लिएपछी अहिले नगरपालिका क्षेत्र सुनसान बनेको हो ।

देवचुली नगरपालिका क्षेत्रबाट प्रहरीले ४० भन्दा धेरै मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । नगरपालिकाले हिडडुल सम्म नगर्न भन्दै सुचना जारी गर्दा नगरक्षेत्रका सडकमा सञ्चालनमा रहेका सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको अस्थाई प्रहरी पोष्ट दलदलेले जानकारी दिएको छ ।