
रबिन्द्र यादव, नवलपरासी पश्चिम ।
बुधबार एकजना पुरुषमा कोरोना संक्रमण देखिएपछी नवलपरासी पश्चिममा जेठ ५ गते सम्म सबै बैंक तथा बित्तिय सस्था बन्द गर्न निर्देशनजारी गरिएको छ । साथै जारी सम्पुर्ण निर्माण कार्य रोक्न समेत निर्देशन दिईएको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेब दाहालले बिहिबार अपरानह एक सुचना जारी गर्दे जिल्लामा कोरोना संक्रमित फेला परेको र समुदाय स्तरमा कोरोना फैलन नदिन यस्तो निर्देशन जारी गरिएको उल्लेख छ । साथै संक्रमित देखिएको प्रतापपुर गाउपालिकाको संबंधित वडालाइ पुर्णरुपमा शिल गर्ने निर्देशन समेत जिल्ला प्रशासन कार्यालयले दिएको छ।