भिम भुसाल, नवलपुर ।
पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित चौधरी उद्योगका श्रमिक आन्दोलनमा उत्रिएका छन् । कोरोना संक्रमणको समय उद्योगभित्र श्रमिक सुरक्षित नभएको भन्दै करिव ६ सय श्रमिक आन्दोलनमा उत्रिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय नवलपुर र देवचुली नगरपालिकाले संयुक्तरुपमा उद्योगको अनुगमन गर्दै २ सय ५५ श्रमिकलाई काममा लगाउने र उद्योग भित्रै क्वारेन्टाईनमा राख्ने चौधरी उद्योगको सहमतीमा उद्योग सञ्चालनमा आएको थियो । तर उद्योगले वाईवाई, चिजबल उत्पादन तथा प्याकेजिङका लागि ६ सय कर्मचारीलाई उद्योग बोलाएर बिना सुरक्षा काममा लगाएको श्रमिकहरुको गुनासो छ ।
भारत लगाएत कोरोनाको उच्च जोखिममा रहेका जिल्लाबाट मालबाहल ट्रक आउने र ट्रकसँगै आएका चालक तथा सहचालक उद्योगमा श्रमिकहरुसँगै खाना खाने, नुहाउने जस्ता कार्यले श्रमिक जोखिममा रहेको भन्दै आन्दोलन गर्नुपरेको एक श्रमिकले बताए ।
घर परिवार छोडेर उद्योगमा काम गर्न आएका श्रमिक खान, बस्न असुबिद्या भएको, काम गर्दा सामाजिक दुरी कायम नभएको, खाना खादा सबैसँगै खानुपर्ने, सुत्न बनाईएको क्वारेन्टाईनमा तेब्बर मान्छे कोचिएर सुत्नुपर्ने लगाएको समस्याले श्रमिक घर जान पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उद्योगले घर जान चाहने कर्मचारी घर जान सक्ने तर सधैको लागि उद्योग छोडेर जानुपर्ने भन्दै बाध्यात्मक काममा लगाएको श्रमिकले गुनासो गरेका छन् ।
हिजो राति स्थानियले सबै श्रमिकलाई उद्योगभित्रै ब्यवस्थापन मिलाउनु वा उद्योग बन्द गनुपर्ने भन्दै चौधरी उद्योगको प्रवेश द्धार अगाडी आन्दोलन गरेका थिए ।
चौधरी उद्योगका महाप्रवन्धक रामकाजी सिटौलाले आफुहरुले मापदण्ड अनुसारनै उद्योग संचालन गरेको बताए । उनले भने,“जिल्ला प्रशासन ,देबचुली नगरपालिका र स्वास्थ्य कार्यालयले अनुगमन गरेर अनुमती दिएपछि संचालन गरेका हौं । सरकारले अत्यावश्यक भित्र राखेको चाउचाउ उत्पादन गरेका छौं ।” उनले भने । सिटौलाले श्रमिकहरुका केहि समस्या भए त्यसलाई समाधान गर्न आफुहरु तयार रहेको बताए । उनले भने,“हामीले जोखम बढाउने काम किन गछौं र , हामी पनि यही भित्र छौं , यो सबैको लागि हो । त्यसकारण बाहिर कुरा आएजस्तो केहि छैन ।” उनले श्रमीकहरुको सुरक्षाका लागि आफुहरु प्रतिबद्ध रहेको बताए ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सरकारले तोकेको मापदण्ड अनुसार उद्योग संचालन गर्न आफुहरुले भनेको बताए । उनले भने,“मापदण्ड पुरा गर्ने पर्छ ,श्रमिकको सुरक्षामा ध्यान दिन पर्छ ।” जिल्ला प्रशासन कार्यालयले मापदण्ड पुरा गरेर मात्र संचालन गर्न अनुमती दिएको भन्दै मापदण्ड पुरा नगरी उद्योग संचालन गर्न नपाईने घिमिरेले बताए । उनले भने,“स्थानीयतहले अनुगमन गर्दा मापदण्ड नपुगेको भनने कुरा आएको छ , यदी त्यसो हो भने उद्योग चलाउन मिल्दैन ।” उनले भने । घिमिरेले समस्या समाधानका लागि आफुहरु लागि परेको बताए ।