
नवलपरासी पश्चिम।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम सुस्ता गाउँ पालिका वार्ड नंं. २ कुडियामा हाम्रो कुडिया युवा कल्ब ले लामखुट्टेको टोकाइबाट जोगिन प्रत्येक घरमा औषधी छर्किदै छ।दिनप्रतिदिन बढदै गईरहेको गर्मी संगै लामखुट्टे को बिगबिगी चारैतिर फैलिरहेकोले सुस्ता गाउँ पालिका वार्ड नंं. २ मा रहेको हाम्रो कुडिया युवा कल्बले औषधी छर्न लागेको हो ।

बिश्वब्यापी रुपमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा नवलपरासी को प्रतापपुर गाउँ पालिका वार्ड नंंस् ५ बैदौलि मा पहिलो पटक कोरोना संक्रमित देखिए पछि हाम्रो कुडिया युवा कल्ब ले २ गते देखि नै बाहिरी र अपरिचित व्यक्ति गाउँ मा प्रवेश नगरोस भन्दै प्रत्येक टोलरटोल मा बेरियर लगाई आवतजावत पुर्ण रुपमा बन्द गरेको छ।
लाम्खुट्टे को टोकाइबाट जोगिन हाम्रो कुडिया युवा कल्बले आजदेखि सुरु गरेको छ भने सुस्ता गाउँ पालिकाले हाम्रो कुडिया युवा कल्बलाई औषधी उपलब्ध गराएको हाम्रो कुडिया युवा कल्बका अध्यक्ष नेत्रप्रसाद पासी ले जानकारी दिईएका छन।हाम्रो कुडिया युवा कल्बमा ३५ जना सदस्य रहेका छन।