देवचुली ।
देवचुली नगरपालिका १५ प्रगतिनगरमा रहेको नवप्रगति युवा क्लवले कोरोना संक्रमणको समय स्थानिय सरकारसँग सहकार्य गर्ने प्रस्ताव गरेको छ । क्लवले कोरोना संक्रमणको समय स्थानिय स्तरमा देखापरेका समस्या र बेथितिसँग जुध्न सहकार्य गर्ने पत्रमार्फत प्रस्ताव गरेको हो ।
क्लवका अध्यक्ष एंव सचिवद्धारा हस्ताक्षर गरिएको पत्रमार्फत प्रगतिनगर क्षेत्रको बजार ब्यवस्थापन, संक्रमितको पहिचान र सुरक्षा ब्यवस्थापन, बित्तिय संघसंस्थामा स्वास्थ्य सर्तकता लगाएतका बिषयमा देवचुली १५ वडा कार्यालयसँग समन्वय गर्न तयार रहेको बताईएको छ ।