सुनसरी ।
सुनसरीको कोशी गाउपालिका स्थित हरिपुर क्षेत्रको सप्तकोशी नदीको किनारमा झाडीमा लुकेर बसेका १५ जना भारतिय नागरिक फेला परेका छन ।
सिमा प्रहरी चौकी भाण्टावारीको टोलीले सप्तकोशी नदी किनारमा रहेको झाडीमा ओढने ओछयाउने, झोला, पोकापोकी र साईकलसहित भारत बिहार राज्य घर बताउने १५ जना भारतिय नागरिकहरु लुकेर बसेको अवश्थामा फेला पारेको हो ।
आइतवार दिउसो गाई वस्तुलाई धाँस काटन गएका स्थानियहरुले सप्तकोशी नदीको किनारमा झाडी भित्र लुकेर बसेका मानिसहरुको समुह देखि सिमा प्रहरी चौकीलाई खबर गरेका थिए । प्रहरीले झाडीबाट सप्तकोशी नदीको पुर्वी तटबन्धमा ल्याएर सोधपुछ गर्दा एजेण्टले रकम लिएर आफुहरुलाई सुरक्षित स्थानमा नपुगेसम्म यही बस्न लगाएका लुकेर बसेको बयान दिएका थिए ।
नेपाल भारत सिमाक्षेत्रमा सरकारले सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरि सिमाक्षेत्रमा आवतजावतमा निगरानी गर्न सुरु गरेपछि रातीको समयमा लुकिछिपी मकैवारीको बाटोबाट सिमाना वारपार गर्ने क्रम बढदै गएको छ ।-केटीएम दैनिक