• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुर सहित गण्डकी प्रदेशका ११ जिल्ला अस्पताललाई स्कर्पियो

पावर संदेश
   ४ जेष्ठ २०७७, आईतवार २१:०१  मा प्रकाशित
  • 351 पटक पढिएको







  • विशन क्षेत्री, पोखरा ।

    गतसाल आर्थिक वर्षको अन्त्यतिर रकमान्तर गरेर ७१ लाख रुपैयाँको मोटरसाइकल खरिद गरेको गण्डकी सरकारले यसवर्ष पनि करोडौँका गाडी खरिद गर्ने भएको छ । गतवर्ष आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुरक्षित मुद्रणालय स्थापनाको लागि भनेर विनियोजन गरिएको एक करोड रुपैयाँबाट गण्डकी सरकारले उक्त परिमाणका मोटरसाइकल खरिद गरेको थियो । ती मोटरसाइकल विभिन्न प्रहरी कार्यालयलाई वितरण गरिएको थियो ।

    यसपटक पनि सरकारले करोडौँ मूल्यमा ११ वटा स्कर्पियो गाडी खरिद गर्ने भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले ११ वटा गाडी खरिद गर्ने निर्णय गरेको हो ।

    बजारमूल्य अनुसार अहिले ४८ लाख देखि ७१ लाख रुपैयाँसम्ममा स्कर्पियो गाडीहरु पाइन्छन् ।

    तर, सरकारले भने नयाँ मोडेलका गाडी किन्ने जनाएको छ । नयाँ मोडेलको एउटा स्कर्पियोको मूल्य ७१ लाख भन्दा बढि छ । यही दरमा गाडी किन्दामात्रै प्रदेश सरकारले ७ करोड ८१ लाख रुपैयाँ भन्दा बढि हुन आउँछ । कम मूल्यको गाडी खरिद गर्दामात्रै पनि ६ करोड ५० लाख रुपैयाँ भन्दा बढि खर्च सरकारले भुक्तानी गर्नुपर्ने हुन्छ ।

    सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले ११ वटा स्कर्पियो किन्ने निर्णय भएको बताए । यस्तै, हरेक जिल्लामा रहेका जिल्ला अस्पताललाई दिने बताए । तर, सरकार आफैँले गाडी नकिन्ने र सम्बन्धित जिल्ला अस्पतालले किन्ने गाडीको भुक्तानी दिइने उनले बताए ।

    “सम्बन्धित जिल्ला अस्पतालले नै गाडी किन्छन्, भुक्तानी मात्रै हामीले दिने हो । प्रदेशका ११ वटै जिल्लाका जिल्ला अस्पताललाई स्कर्पियो गाडी दिने, त्यसको एक्ज्याक्ट मूल्य थाहा भएन, सबै जिल्लालाई दिने भन्ने निर्णय भएको छ,” उनले भने । गाडी खरिद गरेपछि त्यसको भुक्तानी आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्ने उनले जानकारी दिए । मन्त्रालय स्रोतका अनुसार बजेट रकमान्तर गरेर अर्थ विविधको पूँजीगत खर्च शिर्षकबाट भुक्तानी दिइनेछ छ ।-१२ खरी



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑