देवचुली ।
पुर्वि नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित चौधरी उद्योग र श्रमिकका सम्बन्धमा आज नगरपालिका कार्यालयमा सर्वदलिय बैठक बस्ने भएको छ । देवचुली नगरपालिकाका अनुशार उद्योगबाट घर फर्किएका ६ सय भन्दा धेरै श्रमिकको स्वास्थ्य सम्बन्धमा दिउसो १२ बजे नगरपालिका भवनमा सर्वदलिए बैठक बस्ने भएको हो ।
१७ दिन उद्योग भित्र रहेर घर फर्किएका मजदुरको स्वास्थ्य परिक्षण नहुदा समाजमा त्रास बढेको भन्दै नागरिकको चर्को बिरोध भएपछी देवचुली नगरपालिकाले नगर स्तरिय सर्बदलिए बैठक बोलाएको छ । जसमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) र नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्दै ५–५ जना बोलाईएको छ भने जनता समाजबादी पार्टितर्फबाट २ जना बोलाईएको छ । त्यस्तै चौधरी उद्योगका तर्फबाट र देवचुली नगरपालिकाको तर्फबाट प्रतिनिधी रहने गरि सर्बदलिय बैठक सञ्चालन हुने जनाईएको छ ।
बैठकले चौधरी उद्योग सञ्चालन र श्रमिकको सम्बन्धमा निचोड निकाल्ने आशा श्रमिकले गरेका छन् । देशका ठूला–ठूला उद्योगहरु निरन्तर सञ्चालन भैरहेको बताउदै मजदुरको उचित ब्यवस्थापन सहित चौधरी उद्योग सञ्चालन गर्नुपर्ने चौधरी उद्योगका महाप्रबन्धक रामकाजी सिटौलाको भनाईले प्रष्ट पारेको छ ।
यता मजदुर भने उद्योगले सधै उत्पादनसँग मात्रै चाँसो राख्ने तर मजदुरलाई गुमराहमा राखेर स्वास्थ्यमा चाँसो नदेखाउने प्रवृद्धिले हतासिएका छन् ।
उद्योगलाई उद्योग सञ्चालन गरेर उत्पादन बढाउन हतार छ भने मजदुरलाई स्वस्थ रहदै भोको पेट भर्न पाए हुन्थ्यो भन्ने आशा छ तर स्थानियलाई मजदुर समाजमा प्रवेश गर्दा कोरोनाको संक्रमण फैलिएला भन्ने त्रास रहेको छ ।