नारायण शर्मा,नवलपुर ।
भारतको मुम्बईबाट ५ दिन अघि नेपाल फर्किएका नवलपरासीको बौदीकाली गाउँपालिकाका सबै १५ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयले उनीहरु राखिएकै क्वारेन्टाइनमा पुगेर स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाएको थियो ।
स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाँईका अनुसार गएराति आएको उनीहरुको रिपोर्टमा कुनैमा पनि कोरोना संक्रमण देखिएको छैन ।
मुम्बईबाट सीमा नाका सुनौलीमा अलपत्र परेका उनीहरुलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राखिएको थियो । कोरोना परीक्षण गर्दा संक्रमण नदेखिएपछि उनीहरुलाई घर पठाइएको छ ।