देवचुली ।
पुर्वी नवलपरासीको देवचुली नगरपालिका, भारत लगाएत कोरोना भाईरसको उच्च जोखिम मानिएका क्षेत्रबाट नगरप्रवेश गर्ने ५ ब्यक्तिको स्वाव परिक्षणको क्रममा रहेको छ । देवचुली नगरपालिकाले दिएको जानकारी अनुशार हाल सम्म २७ ब्यक्तिको स्वाब परिक्षण गरिएकोमा एक ब्यत्तिमा कोरोना पोजेटिभ भेटिएको थियो । कोरोना पोजेटिभ भेटिएका देवचुलीका ४९ वर्षिय पुरुष जिल्ला प्रवेश नगरेको र भरतपुर कोरोना अस्पतालको आइंसुलेसनमा उपचाररत रहेका छन् ।
देवचुली नगरपालिकाको सामुदायिक क्वारेन्टाईनमा रहेका ६ पुरुष मध्ये एक जनाको स्वाब परिक्षण भैसकेको छ भने अझै ५ जना पुरुषको स्वाब परिक्षणको तयारीमा रहेको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
जसमध्ये भारतको कानपुरबाट १ महिना अघिदेखि पैदल हिड्दै आएका देवचुली ९ र बुलिङटार ६ भारतिपुरका २ ब्यक्ति देवचुलीमा क्वारेन्टाईनमा बसेका छन् । त्यस्तै भारतको बिहारबाट आएका देवचुली १७ का २ पुरुष र परासीबाट आएका देवचुली १७ कै एक पुरुष गरि ५ जना सामुदायिक क्वारेन्टाईनमा रहेका छन् भने उनिहरुको स्वाब परिक्षणको क्रममा रहेको बताईएको छ ।
हाल सम्म देवचुली नगरपालिकामा १ सय ५७ ब्यक्तिको आरडिटी परिक्षण भैसकेको देवचुली नगरपालिकाको जनाएको छ ।
चौधरी उद्योगबाट फर्किएका ६ सय मजदुरको समेत केहि दिन भित्र आरडिटी परिक्षण गर्नुपर्ने सर्बदलिय बैठकले निर्णय गरेको छ ।