देवचुली ।
पुर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १ देखि ५ नम्बर सम्मका वडालाई ५ दिनका लागि शिल गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर २ मा माईती घर भएकी २४ वर्षिय युवतीमा कोरोना भाईरस (कोभिड –१९) पोजेटिभ देखिएसँगै उक्त क्षेत्र शिल गरिएको हो । संक्रमणको सम्भावना बढ्न सक्ने भन्दै देवचुली १, २, ३, ४ र ५ नम्बर वडालाई जेठ ११ गते राति १२ बजेसम्मको लागि सिल गरिएका छ ।
संक्रमित युवती १० दिन सम्म देवचुली २ मा रहेको माईती घरमा बसेकोले परिवारका सदश्य सहित युवतीको सम्पर्कमा आएका ब्यक्तिको परिक्षणलाई तिव्रता दिईने देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो ।
घर बाहिर ननिस्कन र सुरक्षित रहन सम्पुर्ण नगरबासीमा देवचुली नगरपालिकाले आग्रह गरेका छ ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश सरकारको प्रेस बिज्ञप्ती अनुशार संक्रमित युवती बैशाख १९ गते देखि २९ गते (१० दिन) सम्म देवचुली २ मा रहेको माईती घरमा बसेकी थिईन् । २९ गते बिहान श्रिमानसँग मोटरसाईकलमा काठमाण्डौ गएकी युवतीको जेठ ५ गते काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।
यसअघि पहिलो संक्रमित नवलपुरको देबचुली १२ का ४९ वर्षिय पुरुषको भरतपुररस्थित कोरोना अस्पतालको आईशोलेशनमा उपचार भैरहेको छ । योसँगै नवलपुरका २ जनामा कोभिड –१९ भाईरस संक्रमण फेला परेको छ ।