
देवचुली ।
पुर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २ मा एक युवतीमा कोरोना पोजेटिभ देखिएसँगै परीवारका सदश्यको स्वाब संकलन भएको छ । आज बिहानै संक्रमित युवतीको माईती घरमा स्वास्थ्य केन्द्रका टोली सहित प्रहरी पुगेर स्वाब संकलन गरेको हो ।

संक्रमित युवतीको आमासँगै परिवारको एक बालिकाको आरडिटी परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको देवचुली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।
परिवारका सदस्य र छिमेकका केही ब्यत्ति गरि १२ जनाको स्वाब संकलन पश्चात परिक्षणका लागि चितवनको भरतपुर पठाईएको छ ।
१० दिन सम्म माईतिघरमा बसेर काठमाण्डौ गएकी २४ वर्षिय युवतीमा कोरोना भाईरस (कोभिड –१९) पोजेटिभ देखिएसँगै देवचुलीका ५ वटा वडा ५ दिन सम्मका लागि सिल गरिएको छ ।