भिम भुसाल, नवलपुर ।
लकडाउनको समय बालवालिकाको निगरानी कम भएको भन्दै नेपाल अभिभावक महासंघ जिल्ला तदर्थ समिति नवलपुरले चिन्ता ब्यक्त गरेको छ । आज नवलपुरको देवचुली नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै बालवालिकाको निगरानीमा अभिभावक प्रमुख जिम्मेवार बन्न अपिल गरेको हो ।
बिश्वभर देखापरेको कोरोना भाईरस (कोभिड–१९) को माहामारीले बालवालिकासँगै आम जनमानसमा नकरात्मक प्रभाव पारिरहेको समय, सचेत अभिभावकको जिम्मेवारी पुरा गर्न समितिले आग्रह गरेको छ । स्वास्थ्य शिक्षा र जागरुकता ल्याउन टेलिभिजन, एफ. एम तथा ईन्टरनेटले सकृय भुमिका खेलेता पनि त्यतिले मात्र प्रर्याप्त नभएको भन्दै अभिभावकले बालवालिकालाई समय दिएर मार्गदर्शन गर्नुपर्ने, घरघरमा स्वास्थ्य शिक्षा दिने, निगरानी बढाउने लगाएतका काममा चनाखो हुन संस्थाका जिल्ला अध्यक्ष श्याम शर्मा भुसालले आम समुदायलाई आग्रह गर्नुभएको छ ।
बालबालिकाहरु यो समय सकरात्मक भन्दा नकरात्मक क्रियाकलाप तर्फ अग्रसर हुने खतराले भविष्यमा ठुलो दुर्घटना निम्त्याउन सक्ने आँकलन गर्दै ईन्टरनेटको सहि सदुपयोग, बालवालिकाको दैनिकी, शारिरीक ब्यायाम, दिवा समय, स्वअध्यन, आफन्तसँगको फोन सम्र्पक, पारिवारीक सम्बन्ध लगाएतका विषयमा ध्यान केन्द्रित गर्न अध्यक्ष भुसालले अभिभावकलाई आग्रह गर्नुभएको छ ।
अभिभावक महासंघ नवलपुरले थालनी गरेको यो प्रयासले बालवालिकाको शिक्षा, स्वास्थ्य तथा दैनिकीमा महत्वपुर्ण सहयोग मिल्ने भन्दै स्थानिय सरकारको तर्फबाट पुर्ण सहयोग रहने कार्यक्रमका प्रमुख अतिथि एंव देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो ।