भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिका क्षेत्रमा सरकारले प्रतिबन्ध लगाएको धाउनको बिउ धमाधम बिक्री बितरण भैरहेको छ । गोरखनाथ नाम गरेको धानको बिउ सरकारले भारतबाट आयात गर्न रोक लगाएपनी देवचुली नगरपालिका क्षेत्रमा भने बिक्री बितरण भैरहेको हो ।
देवचुली नगरपालिकाको धारापानीमा रहेको एक पसल र रजहरको कृषक बहुउदेश्य सहकारी संस्था लिमिटेडबाट गोरखनाथ नामको धानको बिउ बिक्री भैरहेको छ ।
कृषक बहुउदेश्य सहकारी संस्था लिमिटेडका ब्यवस्थापक थानेश्वर सापकोटाका अनुशार २ दिन अघि परासीबाट धानको बिउ ल्याएको र बिक्री बितरण गरेको जनाएका छन् । किसानको माग अनुशार बिउ बिक्रीको लागि अनुमती नलिएको धारापानीमा समेत १५ बोरा हाईब्रिड बिउ पठाएको सापकोटाले बताए । साथै रजहरबाट ५ बोरा गारखनाथ जातको जानको बिउ बिक्री भएको र ल्याएको सबै बिउ सकिएको समेत सापकोटाले जानकारी दिए ।
कृषि बिकास शाखा देवचुलीका प्रमुख नरेन्द्र भण्डारीका अनुशार सरकारले आयातमा रोक लगाएको गोरखनाथ नामको धानको बिउ देवचुलीका केहि स्थानबाट बिक्री भैरहेको गुनासो आएकोले त्यस्ता बिक्री केन्द्रमा पुगेर बिक्रि बितरण नगर्न अनुरोध गरेको बताउनुभयो । किसानलाई लोकल बिउ लगाउन आग्रह गर्दै प्रमुख भण्डारीले रोक लगाईएको धान आयात भएको विषयमा अनुसन्धान हुनुपर्ने बताउनुभयो ।
धान प्रतिबन्ध लगाईएको हो कि होईन भन्ने विषमा पनि बुझ्ने र बिक्रि बितरणको तथ्याङ्क संकलन गरि सम्बन्धीत बिभागमा पठाईने देवचुली नगरपालिकाले जनाएको छ । यदि कानुन बिपरित धानको बिउ बिक्रि बितरण गरेको भेटिए कारवाहीको गरिने देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसालले बताउनुभयो । धानको बिउ बिक्री बितरणको विषयमा अनुगमन गर्ने तयारी गरिएको समेत भुसालले बताउनुभयो ।