
काठमाडौं ।
नेपालमा आज (शनिबार) थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना, बारामा एक जना, काठमाडौंमा एक जना, रुपन्देहीमा ८ जना र चितवनमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै संक्रमितको संख्या ५४८ पुगेको छ ।