
नवलपुर ।
पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामका ३ सय ३९ मजदुरको आज आरडिटी परिक्षण भएको छ । सम्बन्धित वडा अध्यक्षको सिफरिसमा नगरपालिकाले देवचुली १ देखि ५ नम्बर वडा भित्रका मजदुरको आरडिटी परिक्षण गरेको हो । आज परिक्षण गरिएका सम्पुर्ण मजदुरको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
देवचुलीको वडा नम्बर १ मा ५० जना, २ मा ५२, वडा नम्बर ३ र ५ मा ७७ जना, वडा ४ मा ५० जना र चौधरी उद्योग भित्रै रहेका १ सय १० मजदुरको आरडिटी परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।
त्यस्तै अब वडा नम्बर १ मा ४३ जना मजदुरको परिक्षण बाँकी छ भने वडा नम्बर ३ मा ३ र ५ मा ५ जना, ४ मा ४६ जना, वडा नम्बर ६ मा ८ जना, वडा ७ मा ६ जना, वडा नम्बर ८ र ९ मा ३–३ जना, वडा १० मा ५ जना वडा ११ मा ६ जना, वडा १२ मा १२ जना, वडा १३ मा ११ जना, वडा १४ मा ५ जना, वडा १५ मा १३ जना, वडा १६ र १७ मा १९–१९ जना मजदुरको आरडिटी परिक्षण बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । वडा नम्बर ६ र ८ बाट भने चौधरी उद्योगमा काम गर्ने कुनै पनी कामदार नरहेकोले परिक्षणको लागि नामावली नआएको जनाईएको छ ।
चौधरी उद्योग भित्र अझैँ कति मजदुरको आरडिटी गर्न बाँकी छ भन्ने यकिन तथ्याङक नभएको समेत श्रेष्ठले बताउनुभयो । बाँकी रहेका सबै मजदुरको भोली विहान ७ बजेदेखि परिक्षण गरिने समेत बताउनुभयो ।
