देवचुली ।
देवचुली नगरपालिकाले नगरभित्रका ५ कृषक समूहलाइ हाते ट्याक्टर वितरण गरेको छ । कृषि शाखा देवचुलीले ५० प्रतिशत अनुदानमा सामुहिक खेती गर्ने ५ कृषक समुहलाई हाते ट्याक्टर बितरण गरेको हो ।
चालु आर्थिक बर्ष ०७६–०७७ को बजेट अन्र्तगत कृषि शाखा देवचुलीले सामुहिक कृषक समुहलाई प्रति ट्याक्टर ३९ हजार ५ सय रुपैयाका दरले ५ वटा ट्याक्टर बितरण गरेको छ ।
देवचुली २ को भाग्यमानी तरकारी फर्म, देवचुली ७ को कृषि जागरण समुह, देवचुली १४ को जनज्योती मार्ग कृषक समुह, देवचुली १० को मिलिजुली कृषक समुह र पुण्यकृती कृषक समुहलाई हाते ट्याक्टर उपलब्ध गराएको कृषि बिकास शाखा देवचुलीका प्रमुख नरेन्द्र भण्डारीले बताउनुभयो ।
आज बिहान समुहका प्रतिनिधीलाई बोलाएर सानो कार्यक्रमका बिच हाते ट्याक्टर बितरण गरिएको भण्डारीले बताउनुभयो ।
नगरपालिकाको तर्फबाट कृषकलाई पहिलो पटक हाते ट्याक्टर उपलब्ध गराएको जानकारी गराउदै उपयोगी भएमा आगामी दिनमा समेत अन्य कृषक समुहलाई कृषिका औजारहरु उपलब्ध गराउने भण्डारीको भनाई छ ।