देवचुली ।
देवचुली नगरपालिका वडा नम्बर १३ र १४ को सिमा क्षेत्रमा बग्ने घोल ब्यवस्थापनमा फूलबारी आमा समूह सहित स्थानिय सकृय भएका छन् । बर्षौदेखि अब्यवस्थित रुपमा बग्ने घोलले बिद्यालय जाने बालवालिकामा असहजता देखिएपछी आमा समुह सहित स्थानिय ब्यक्ति घोल ब्यवस्थापनमा जुटेका हुन् ।
वर्षाको समयमा ठूलो भेल आउनेहुँदा बालवालिका घोल पार गरि विद्यालय जानुपर्ने बाध्यताले लकडाउनको सदुपयोग गर्दै स्थानिय घोल पुर्ने तथा त्यसको ब्यवस्थापनमा कल्भर्ट राख्ने काममा सकृय भएका छन् ।
देउसी भैलो खेलेर संकलन गरेको सानो रकमले शुरुवात गरिएको ब्यवस्थापनको काममा नगरपालिका तथा स्थानियको मद्धतले काम पुरा गरेर छाड्ने लक्ष्य लिएको फूलबारी आमा समुहकी अध्यक्ष सिता पाण्डेले बताउनुभयो ।