देवचुली ।
पुर्वि नवलपरासीको देवचुली नगरपालिकामा आज थप २३ जना युवा भारतबाट भित्रिएका छन् । लकडाउनको समयमा सिमा क्षेत्रबाट उद्धार गरिएका सम्पुर्ण ब्यक्तिलाई सामुदायिक क्वारेन्टाईनमा राखिएको छ । हाल सम्म नगरपालिकाले ब्यवस्थापन मिलाएको विभिन्न विद्यालयको सामुदायिक क्वारेन्टाईमा ८० ब्यक्ति बसिसकेका छन् भने ३० जना क्वारेन्टाईनको समयावधी पुरा गरि घर फर्किसकेका छन् ।
नगरपालिकाले ब्यवस्थापन मिलाएको जनज्योति नमुना मा. वि. को क्वारेन्टाईनमा २८ जना, भिमसेन आर्दश मा. वि. क्वारेन्टाईनमा १५ जना, बरचुली मा. वि. क्वारेन्टाईनमा ५ जना र कालिका मा.वि. क्वारेन्टाईनमा २ जना रहेका छन् ।
भारतको हरिद्धार, कानपुर, विहार, हरियाणा, सिलगढी, मुम्बई, जयपुर, पुने, हिमाञ्चल लगाएतका स्थानबाट नगरभित्रिएका सम्पुर्ण युवालाई नगरपालिकाले सुरक्षित क्वारेन्टाईनमा राखेको देवचुली नगरपालिकाले जनाएको छ । तोकिएका क्वारेन्टाईनमा हेल्थ डेक्सको समेत ब्यवस्था मिलाएर स्वास्थ्य सेवा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।