भिम भुसाल, देवचुली ।
पुर्वि नवलपरासीको देवचुली नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुरको कोरोना अस्पतालमा गरिएको परिक्षणमा देवचुलीका २ पुरुषमा कोरोना सक्रमण भएको गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयले पुष्टी गरेको हो ।
देवचुली नगरपालिका वडा नम्बर १५ प्रगतिनगर र देवचुली ११ पृथ्वीनगरका २१ वर्षिय र १९ वर्षिय २ पुरुषमा कोरोना संक्रमण भेटिएको छ । उनिहरु दुवैजनालाई नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालको आईशुलेसनमा राखिएको र अवस्था सामान्य रहेको देवचुली नगरपालिकाले जनाएको छ ।
यात्रा बिवरण
दुवै संक्रमित भारतको सुनौली नाकाहुदै नेपाल प्रवेश गरेका थिए । उनिहरु दुबैजना देवचुली १४ को जनज्योती नमुना मा.वि.को क्वारेन्टाईनमा रहेका थिए ।
देवचुली १५ प्रगतिनगरका २१ वर्षिय संक्रमित पुरुष गाँजीपुर, युपी महु जिल्लामा ४३ दिन क्वारेन्टाईनमा बसी सरकारी बसमा सुनौली नाका सम्म आएर २ रात नाकामा बिताएका थिए । सुनौलीबाट दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्समा जेठ ९ गते कावासोती लौगाईका २ जना, थकाली चोकका १ जना र मध्यविन्दु चोरमाराका एक जना एउटै एम्बुलेन्समा सम्बन्धीत स्थानिय तहको क्वारेन्टाईनमा आएको संक्रमित पुरुषले बताएका छन् ।
देवचुली नगरपालिका–११ पृथ्वीनगरका १९ वर्षिय संक्रमित पुरुष भारत महाराष्ट्र चिप्लुङ्गबाट ४ दिन लगाएर करिव ७० जनासँगै एउटै ट्रकमा सुनौली नाकासम्म आएका थिए । सुनौलीमा १० दिन क्वारेन्टाईनमा बसेर करिव ४५ जनासँगै कावासोतीसम्म संक्रमित ब्यक्ति टिप्परमा आएका थिए । उनिसँगै कावासोती कोईलापानीका एक पुरुष पनि कावासोती सम्म आएको संक्रमित पुरुषले बताएका छन् । जेठ १२ गते संक्रमित ब्यक्ति देवचुली १४ को नमुना मा.वि. क्वारेन्टाईनमा बसेका थिए ।
देवचुलीको जनज्योती नमुना मा.वि. को क्वारेन्टाईनमा बसेका ३ पुरुषमा कोरोना संक्रमण पुष्टी भैसकेको छ भने अन्य २४ जनाको स्वाब संकलनको रिपोर्ट आउन बाँकी रहेको छ । हिजो संकलन गरि पठाईएको २५ जना मध्ये एक जनाको मात्र रिपार्ट आएको छ । अझैँ २४ जनाको स्वाब परिक्षण रिपोर्ट आउन बाँकी रहेको देवचुली नगरपालिकाले जनाएको छ ।
यो सँगै देवचुलीमा एक महिला र ४ पुरुष गरि ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने नवलपुर जिल्लामा ६ ब्यत्तिमा संक्रमण पुष्टी भएको छ ।