• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

रजहरको प्राकृतिक चिकित्सालयमा तत्काल १५० वेडको आईसोलेसन बनाउने तयारी

पावर संदेश
   १६ जेष्ठ २०७७, शुक्रबार ११:५१  मा प्रकाशित
  • 1358 पटक पढिएको







  • देवचुली ।

    नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा आईसोलेसन बनाउने तयारी शुरु गरिएको छ । नवलपुर जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि थप आइसोलेसन कक्षको आबश्यकता महसुस गरि त्यहाँ तयारी शुरु गरिएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए । जिल्लामा अहिले २४ बेड क्षमताको आईसोलेसन कक्ष मात्र रहेको छ ।

    “जिल्लामा भारतबाट आउनेको संख्या बढ्दै गएको छ , संक्रमितहरु थपिन सक्छन् त्यसकारण थप आईसोलेसन कक्षको महसुस गरेका हौं ।” घिमिरेले भने । घिमिरेले रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई आईसोलेसन बनाउने गरि गरिएको आग्रह अस्पताल व्यवस्थापनले स्विकार गरेको बताए । “ रजहरमा देशकै नमुना आईसोलेसन कक्ष बनाउन सकिन्छ , भौतिक पुर्वाधारदेखि सबै कुराहरु राम्रा छन् । त्यसलाई उपयोग गर्दा आवश्यक परेको बेलामा जिल्लावासीलाई त्याहाँ राखेर उपचार गर्न सहज हुन्छ ।” घिमिरेले  बताए ।

    रजहर प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जिल्ला प्रसाशन कार्यालय , स्वास्थ्य कार्यालय र स्थानीय पालिकाहरुको आग्रहलाई अस्पताल सञ्चालक समितिले सिवकार गरेको बताए । “महामारीमा सबै एकजुट भएर सामना गर्न आबश्यक छ , विपद्मा सहयोग गरेर अघि बढ्ने निर्णय भएको छ ।” सापकोटाले बताए । सापकोटाका अनुसार बिहिबार दिउँसो अस्पताल सञ्चालक समिति , स्थानीय राजनैतिकदल , नागरिक समाज लगायतको संयुक्त बैठक बसी आईसोलेसन निर्माण गर्न दिने निर्णय भएको छ ।

    सापकोटाले भने,“सबै जिललाबासकिो आग्रहलाई स्विकार गरेर अघि बढ्ने सहमती भएको छ , अब आबश्यक व्यवस्थापन सम्बन्धित निकायले गर्ला ।” आईसोलेसन बनाउँदा लाग्ने थप खर्च , आईसोलेसनमा  रहनेहरुका लागि लाग्ने आबश्यक दैनिक खर्च र उपचार खर्चमा अस्पताललाई व्ययभार नपर्ने गरि सहमती दिएको उनले बताए । सापकोटाका अनुसार प्राकृतिका चिकित्सालयमा तत्काल १५० आईसोलेसन वेड तयार गर्न सकिन्छ भने आबश्यकता पर्दा त्यसलाई बढाएर ४ सय ५० वेड क्षमता पुर्याउन सकिन्छ ।
    जिल्लामा भारतबाट आउनेको संख्या बढेसंगै थप क्वारेण्टाईन होम र आईसोलेसनको आवश्यकता महसुस गरिएको हो । शुक्रबार बिहान सम्म जिल्लामा भारतबाट आई क्वारेण्टाईनमा बस्नेको संख्या ७ सय भन्दा बढी छ ।- सत्यकलम



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑