रबिन्द्र यादव, नवलपरासी पश्चिम ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका – ३ कुटिटोला बस्ने सुदामा धोबिको घरमा गएराति आगलागी भएको छ । एकैठाउमा घरगोठसमेत रहेकोेमा राति आगो सल्केर आगलागी भएको ईलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायब निरीक्षक फौजदार यादवले जानकारी दिए।
आगलागीबाट अन्नपात, लत्ताकपडा, घर लगायतका सम्पुर्ण सामान पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यस्तै गोठमा रहेका पाडा पाडी भैंसी चौपाया समेत जलेका छन् । आगलागीकाट ६ लाख ३२ हजार बराबरको क्षति भएको प्रहरी यादवले बताए । राति लामखुट्टे धपाउनको लागि गुइठा खर झारपात बालेको आगो सल्केर आगलागी भएको बुझिएको हो । गएराति करिब १ बजेको समयमा आगो लागेपछि घरका परिवारहरुले छिमेकी लाई गुहारेपछि छिमेकी र स्थानीयले राति नै आगोलाई नियन्त्रणमा लिएका थिए ।
उता जिल्लाको सिमासँग जोडिएकोे सुस्ता, प्रतापपुर, सरावल र पाल्हिनन्दन गाउपालिकामा दमकल नहुँदा बर्सेनी आगलागीबाट धनजनको ठुलो क्षति हुँदै आईरहेको छ । आगो लागेपछि समयमै दमकल पुग्न नसकेपछि यस्ता घटना दिनानु दिन बढदै गईरहेको स्थानीयले बताएका छन । बर्सेनि चैत, बैशाख र जेठ महिनामा जिल्लाको धेरै जसो सथानमा आगोलागीको घटना बढ्दै गइरहेको देखिन्छ ।