
डि आर क्षेत्री, देवचुली ।
कोरोना भाईरसका कारण यतिवेला विश्व महामारिको चपेटामा छ ,नेपाल लगायत विश्वका अधिकांश मुलुकहरु यतिवेला लकडाउनमा छन् । नेपालमा समेत उच्च सतर्कता अपनाउदा अपनाउदै पनि विभिन्न स्थानहरुमा देखा परिरहको छ । मानिसमा मनोवल उच्च राख्न विभिन्न प्रयासहरु जारि राखिएको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दालाई भने भिन्नै चिन्ता छ मध्यवर्ती क्षेत्रका वासिन्दाहरुको खेत वारिमा यतिवेला मकै बालि छ तर भित्र्याउन पाईदैन भनेर चिन्तित रहेका छन् । पुर्व नवलपरासि देवचुलिका जंगल खासपासको आवादिमा दिनहुजसो रातको समयमा बदेलले खेति खाने गरेको छ ।

त्यसो त बदेललाई विनासकारि जनावर घोषणा गरेर खेति वालि खान आउदा मार्न सक्ने खालको एेन जारि भएता पनि मार्न नसकिने वासिन्दाहरु वताउछन् । एक सिंगे गैडा , बँदेल लगायतका जंगली जनावर बाहिर आउन रोक्नका लागि मध्यवर्ती उपभोक्ता समिति , नगरपालिका र सामुदायिक वन समेतको सयुक्त प्रयासहरु भने नभएका होईनन् गत आ व मा गण्डकी प्रदेशको समेत बीस लाख रुपयाले मानव र वन्यजन्तु विचको द्वन्द कम गर्न मेष जालि निर्माण कार्यक्रम सञ्चालन गरेको थियो । यतिका धेरै वजेट खर्चिदा समेत पीडा उस्तै रहेको छ ।
नेपाल सरकारको वालि राहत निर्देशिकामा राहतका लागि झण्झटिलो प्रकृया रहेको र राहत आउने नआउने समेत टुंगो नभएको हुदा किसानहरु राहतको प्रकृया भन्दा दिगो समाधानको उपाय खोजिरहेका छन् । गत वर्ष लाखौ खर्चेर देवचुलि १६ का एक किसानले करिव दस विगाहामा केरा खेति लगाएका थिए निकुञ्ज भित्र वाट एक सिंगे गैडा आएर एकैदिनमा सखाप पार्यो तर राहत भने अधिकतम् दस हजार रुपया मात्रै पाउने थाहा पाएपछि उनले बैकल्पिक खेतिको वारेमा सोचिरहेको बताए त्यस्तै गरि हामिले जनावर जोगायौ , हाम्रै सक्रियतामा जंगल पनि जोगियो र अब सरोकारवाला निकायले हामी र हाम्रो खेतिवालि जोगाउने दिन आएको देवचुलि १५ का वसन्त पोख्रेलले वताए । देवचुलि एक केउरानिका एककिसानले खर्च गरेर लगाएको वालि भित्र्याउन नपाएको भन्दै राम्रो धान फल्ने खेत दुई वर्ष देखि बाझो राखेको बताए । बैकल्पिक खेति गर्ने भनेर पोखरि वनाई माछा पालन गर्दा समेत देशबाहिरका समेत चराहरु आएर माछा खाईदिएको एक किसानले वताए ।देवचुलि १ गर्दुवाका युवा व्यवसायि तथा कृषक रोसन पौडेलका अनुसार लकडाउनको समयमा उपभोक्तालाई राहत दिनुको सट्टा उल्टै भित्रिन लागेको वालि खाईदिदा उपभोक्ताहरु आतंकित भएको वताएका छन् । मकै त खायो खायो धानको बीउ जोगाउन सम्वनधित निकायले पहल गर्नुपर्ने कृषक पौडेल वताउछन्।
शिसवार मध्यवर्ति उपभोक्ता समितिका अध्यक्ष नेत्र वहादुर पाण्डेका अनुसार स्थानिय तह , प्रदेस सरकार तथा संघिय सरकारमा समेत पटक पटक दिगो समाधानको उपाय सहितको प्रस्तावना पठाईएको र कार्यान्वयन हुने कुरामा आफु ढुक्क रहेको वताए । अध्यक्ष पाण्डेकै अनुसार यो आर्थिक वर्षमा करिव छव्विस लाख रुपया मेष जालि सहितको तारवार निर्माण कार्य भईरहेको वताए । प्रकृया पुगि आएका निवेदनहरुको एक महिना भित्र नै सम्वन्धित किसानकै बैंक खातामा राहत रकम जम्मा गरेको निकुञ्जले जनाएको छ ।
झट्ट हेर्दा र सुन्दा काम भएको भए ता पनि जंगल छेउछाउका किसानहरु भने साना तथा ठुला जनावरको चपेटामा परिरहेका छन् । मेषजालि भत्काएर तथा खोलाको बाटो हुँदै किसानको खेत सम्म बँदेल पुग्ने गरेको छ ।
निकुञ्ज तथा सामुदायिक वन संरक्षण गर्दै जादा वन भित्र माईकेनिया झार जस्ता मिचाहा प्रजातिहरुले घासेमैदानको कमि हुदा जनावरहरु वालि खान बाहिर निस्किएको हुन सक्ने जानकारहरु वताउछन् । जनावरको चाप पनि वढेको हुदा वनको घनत्वले नधानेर पनि वाहिरिएको छ । प्रसस्तै घासेमैदान रहेको क्षेत्रहरुमा अहिले माईकेनिया , बनमारा जस्ता अनावश्यक प्रजातिहरुले भरिएको छ भने सिमसार क्षेत्रमा जलुको ,सरुवा र पटेरले ढाकेको छ । जलवनयु परिवर्तनका कारणले पनि सिमसार क्षेत्रहरु सुख्खा देखिन्छन् । यी क्षेत्रहरुको उचित व्यवस्थापन नगरेसम्म पर्खालै लगाएतापनि जनावरहरु बाहिर निस्कन नछाड्ने देखिन्छ । साथै किसानलाई राहत प्रकृया अत्यन्तै सहज गराउन सकेको खण्डमा वन्यजन्तुको पीडा वाट किसानहरु मुक्ति पाउने थिए ।