बाँके – बाँकेको राप्ती सोनारीमा मिनिबस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ भने २१ जना घाइते भएका छन् ।
दुर्घटनामा ११ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
बाँकेको राप्ती सोनारीमा गाडी दुर्घटना: ११ जनाको ज्यान गयो, २२ घाइते
भारतबाट आएका नेपालीलाई लिएर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को मिनिबस आइतबार राति राप्ती सोनारी २ मा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको पनि उहाँले जानकारी दिनुभयो ।
१२ जनाकै शव भेरी अस्पतालमा राखिएको र परिचय संकलन गर्ने काम भइरहेको प्रजिअ कुरुम्वाङ्गले जानकारी दिनुभयो । घाइतेको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।