श्याम थापा, सुस्ता ।
सोमबार बिहान आएको हावाहुरीले पश्चिम नवलपरासीमा रहेको सामुदायिक रेडियो सुनवलको उपकरणमा क्षति पुगेपछि रेडियोको प्रसारण बन्द भएको छ। पानीसहित बिहान ४ बजे आएको हावाहुरीले एफएमको टावर भाँचेर क्षति पुर्याएपछि रेडियोको प्रसारण बन्द भएको हो। हावाहुरीका कारण रेडियोको टावर, यन्टेना मा क्षति पुग्दा ७ लाख मुल्य बराबरको क्षति पुगेको रेडियोका प्रशासन प्रमुख इन्द्र कुमार रेग्मीले जानकारी दिनुभयो।
टावर तथा अन्य उपकरण मा हावाहुरीले क्षति पुर्याएपछी अहिले रेडियो प्रसारण समेत बन्द भएको रेग्मीले बताउनुभयो। टावर तथा अन्य मिसिनरी उपकरण को मर्मत सम्भार का लागि केही दिन लाग्ने र त्यसपछि रेडियो प्रसारण नियमित हुने उहाँले बताउनुभयो।
पाल्ही सूचना तथा सञ्चार सहकारी द्वारा संचालित यस सामुदायिक रेडियो सुनवल ९०.७ मेगाहर्ज नवलपरासी,पाल्पा,रुपन्देही लगायत ठाउँ सम्म रेडियो प्रसारण हुँदै आएको थियो ।