
रबिन्द्र यादव, नवलपरासी पश्चिम ।
नवलपरासी पश्चिमको सिमानाकाबाट अबैरुपमा ल्याउदै गरेको १९ बोरा मल प्रहरीले नियन्त्रणमा लिएको छ । गयराति प्रतापपुर गाउपालिका वडा नं ४ हरखपुराबाट भारतबाट अबैधरुपमा चोरी पैठारी गरी साईकलमा लोड गरि ल्याउदै गरेको करिब लाख ५० हजार बरारबरको (डिएपी) मलको साथै ३ वटा साईकल बिषेश सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय ,ईलाका प्रहरी कार्यालय बेलाटारी र पंचपेडा प्रहरी चौकीको संयुक्त गस्ती टोलीले उक्त मल नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताए ।

लकडाउनको समयमा तस्करी बढेपछी प्रहरीले सक्रिया देखाउदै गत हप्ता छुट्टाछुटै नाकाहरुबाट करिब १ लाख ३० हजार बराबरको बिभिन्न किराना सामानहरु प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार पठाएको थियोे भने हरपुर सशस्त्र प्रहरीले ३ लाख ३७ हजारको छोहाडा पनि नियन्त्रणमा लिई भन्सार पठाइएको सशस्त्र प्रहरी २६ नम्बर गण बेलासपुरले जानकारी दिएको छ ।
जिल्लाका सबै सिमानाकाहरुमा सिमा सुरक्षा साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागी आवत जावतमा पुर्णरुपमा रोकलगाइएको भएपनि तस्करहरु तस्करी गरि रहेका छन् ।