देवचुली ।
पुर्वी नवलपरासीको देवचुली नगरपालिकाले नगरभित्र रहेका सम्पुर्ण बिद्यालयलाई ब्यवस्थित क्वारेन्टाईन निमार्ण गर्न निर्देशन गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीमा भारतबाट नगर प्रवेश गरेका सम्पुर्ण नगरबासीलाई ब्यवस्थित रुपमा सुरक्षित राख्न सम्पुर्ण विद्यालयलाई नगरपालिकाले निर्देशन गरेको हो ।
जेठ १९ गते देवचुली नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रध्यानाध्यापकहरुको बैठकले आवश्यक पर्ने सम्पुर्ण सार्वजनिक भवन तथा विद्यालयलाई माहामारीमा प्रयोग गर्नको लागि निर्णय गरेको थियो ।
सोहि निर्णय अनुशार नगरपालिकाले नगरभित्र सञ्चालित सम्पुर्ण विद्यालयलका सञ्चालक समिति, शिक्षक, अभिभावक, सामाजिक संघसंस्था, जनप्रतिनिधी लगाएतका ब्यक्तिलाई बैठक बसि आवश्यक तयारी पुरा गर्न नगरपालिकाले निर्देशन गरेको छ ।