नवलपुर ।
नवलपरासी पूर्व र पश्चिममा गरी थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्व बुलिङटार गाउँपालिकाका १६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ती युवाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो ।
यस्तै पश्चिम नवलपरासीको रामग्रामका एक २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
थप बिवरण आँउन बाँकी