काठमाडौं ।
यही जेठ २५ गतेदेखि छोटो दुरीका यात्रुबाहक सवारी संचालन गर्ने प्रस्ताव गरिएको छ । कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) का १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको हो ।
समितिले चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना समेत बनाएको छ । जसमा १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरुमा जेठ २५ बाट जिल्ला नकट्ने र सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।