नवलपुर ।
नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नवलपुरमा मात्रै कोरोना संक्रमितको संख्या १३ पुगेको छ । थपिएका ३ जनानै बिनयी त्रिवेणी गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागार्ईले जानकारी दिनुभयो । उनीहरु १८, १९ र २७ बर्ष उमेरका छन् ।
विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ का १९ बर्षिय पुरुष र वडा नं. ४ का १८ र २७ बर्षका पुरुष तीनैजना भारतबाट आएका थिए । अहिले उनीहरुलाई प्राकृतिक चिकित्सालय (हालको कोरोना बिशेष अस्थायी अस्पताल)को आईसोलेसनमा राख्ने तयारी भइरहेको छ ।
गत बिहीबार परीक्षणका लागी पठाइएको नवलपरासी पुर्वका १० स्वाब मध्ये ७ जनाको नेगेटिभ र ३ जनाको पोजेटिभ आएको हो ।
अहिले उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाईले बताउनुभयो ।