भिम भुसाल, देवचुली ।
कोरोना भाइरस रोकथाम र नियन्त्रण गरी सम्भावित संक्रमणबाट बच्न देवचुली नगरपालिकाका तिन युवाले ‘हेन्ड फ्रि सेनिटाईजर’ निमार्ण गरेर नगरपालिकालाई हस्तान्त्रण गरेका छन् । देवचुली ९ निवासी ईन्जिनियर विपिन भुसाल, अमित भुसाल र प्रेमप्रसाद भुसालले सँयुक्त रुपमा निमार्ण गरेको हेन्ड फ्रि सेनिटाईजर नगरपालिकालाई हस्तान्त्रण गरेका हुन् ।
कोरोना संक्रमणको जोखिम समयमा नगरबासीलाई सुरक्षित बनाउन तिन ईन्जिनियरले हात प्रयोग नगरी सेनिटाईजर गर्न सकिने यन्त्र निमार्ण गरि हस्तान्त्रण गरेका हुन् । देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल र वडा न. १२ अध्यक्ष दिनानाथ भुसाललाई संयुक्त रुपमा सेनिटाईजर यन्त्र हस्तान्त्रण गरेका छन् ।
ईन्जिनियर युवाले संक्रमणको समयमा आफ्नो सिप र क्षमताको प्रयोग गरि नगरबासीको स्वास्थ्यमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले धन्यवाद ब्यक्त गर्नुभएको छ । साथै उक्त ‘हेन्ड फ्रि सेनिटाईजर’ नगरभित्र रहेको कोरोना विशेष आईशोलेसन अस्पतालमा प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।