
चितवन ।
भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा नमूना परीक्षण गरिएका २० जनामा कोरोना संक्रमण देखिएको छ ।

आज पुष्टि भएका मध्ये १ जना चिकित्सकसमेत रहेको स्रोतले जनाएको छ । आधिकारिक विवरण आउन बाँकि छ । स्रोतका अनुसार उनी भरतपुरको एक निजी अस्पतालमा कार्यरत चिकित्सक हुन् । अन्य केहीको पनि नमूना परीक्षण जारी छ।