विवेक भण्डारी ।
नवलपुरका विभिन्न स्थानियतहमा गएको वर्ष उन्नत जातको विउ भन्दै गरिमा जातका धान लगाएका कृषकहरुले राहत पाउने भएका छन । धान लगाएर पसाउने बेला सम्म पनि धानमा बाला नलाग्दा कृषकहरुले राहतका लागि दिएको निवेदनको आधारमा राहत प्रदान गर्न सुरु गरिएको हो । किसानले गरिमा जातका धान लगाएको प्रति कठ्ठाका अनुसार राहत प्रदान गरिने छ ।
जिल्लाको देवचुली नगरपालिकामा मात्र दुई हजार नौँ सय ३५ कठ्ठामा गरिमा जातको धान लगाइएको र प्रति कठ्ठा तिन सय बाइस रुपैया ६५ पैसाका दरले चार सय किसानहरुलाई रकम उपलब्ध गराउने देवचुली नगरपालिकाका कृषि शाखा प्रमुख नरेन्द्र भण्डारीले बताए । कृषकले राहतका लागि दिएको निवेदनमा कुन सप्लार्यसबाट कति धान खरिद गरेका थिए सोको डाटा समेत लिएर कृषकहरुलाई अहिले राहत दिन सुरु गरिएको भण्डारीले जानकारी दिए । देवचुली नगरपालिकामा कृषकहरुले सात वटा सप्लार्यसबाट चौध सय ६८ किलो गरिमा धान गरिद गरेकोमा उनिहरुलाई सोहि अनुसार राहत रकम उपलब्ध गराएको समेत बताए ।
गरिमा धान लगाएका र उत्पादन नभएको भन्दै निवेदन दिनेहरुलाई प्रत्येक वडाको वडा सचिव मार्फत रकम प्रदान गरिने बताए । नगरको अधिकाशं वडाहरुले राहत दिन सुरु गरि सकेका छ भने कति पयले दिन बाकि रहेको जनाइएको छ ।