चितवन ।
भरतपुर कोभिड १९ प्रयोगशालामा आज परिक्षणका क्रममा कोरोना संक्रमण भएका मध्ये क्वारेन्टाइनमा बसेकाको संख्या धेरै देखिएको छ ।
स्रोतका अनुसार चितवनका १७ जना पोजेटिभ मध्ये भरतपुर महानगरको क्वारेन्टाइनमा बसेका ४ जना, माडीको क्वारेन्टाइनमा ६ जना, नारायणी सामुदायिक अस्पतालमा रहेका ४ जना, मेडिकल कलेजमा रहेका २ जना, र क्यान्सर अस्पतालमा मा रहेका एकजना रहेका छन् ।
यी मध्ये २ जना स्वास्थ्यकर्मी र अन्य सर्वसाधारण छन् ।
३१० जनाको स्वाव परिक्षण गरिएकोमा कोरोना पोजेटिभ देखिएकामा १७ जना चितवनका र ३ जना नवलपरासीका रहेका छन् ।
थप विवरण आउन बाँकी