नवलपुर ।
नवलपुरका ५ जनामा आज कोरोना संक्रमण पुष्टी भएको छ । नवलपुरमा आज थपिएका ५ कोरोना संक्रमित मध्ये २ जना गैडाकोट नगरपालिकाका रहेका छन् भने ३ जना कावासोती नगरपालिकाका रहेका छन् ।
गैडाकोट नगरपालिका वडानम्वर ७ र ८ का ३९ र ३३ वर्षीय पुरुष कावासोती नगरपालिका १ र ६ वडाका ४०, २१ वर्षीय पुरुष तथा ६३ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाइले जानकारीदिनुभयो ।
योसँगै नवलपुरका ८ पालिकामध्ये ६ पालिकामा संक्रमित फेला परेका छन् । गैडाकोटमा २, देबचुलीमा ५, कावासोतीमा ५, बिनयी त्रिबेणीमा ५, बुलिङटारमा १ र हुप्सेकोटमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
गैडाकोट नगरपालिका भित्र पहिलो पटक कोरोना सक्रमण देखिएको छ । यो सँगै नवलपुरमा २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने एक महिला निको भएर घर फर्किएकी छन् ।