खगेन्द्र पराजुली, नवलपुर ।
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका थप २ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर प्रयोगशालामा भएको परिक्षणमा गैंडाकोट वडा नं.१३ र १४ का २ जना पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
गैंडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले दिनुभएको जानकारी अनुसार गैंडाकोट १३ का २३ बर्षका पुरुष र १४ का २६ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।
गैडाकोटका लक्ष्मी माबि र जनशक्ति आधारभूत बिद्यालयको क्वारेन्टाईनमा भारतवाट आई बसेका १७ जनाको स्वाव संकलन गरी सोमवार पठाईएकामध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएको वहाँले बताउनुभयो । गैंडाकोटका १७ मध्ये कति स्वाव परिक्षण भए भन्ने पुरै बिवरण आईनसकेको तर पोजेटिभ केशको रिपोर्ट आएको वहाँले बताउनुभयो ।
संक्रमित दुबै जनालाई प्राकृतिक चिकित्सालयको आईशोलेशनमा पठाईसकिएको छ । आज बिहान यसअघि देबचुलीका १ जनामा पनि पोखरामा भएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै आज नवलपुरमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
नवलपुमा संक्रमित संख्या ३७ पुगेको छ । गैंडाकोटमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।