भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिका–१० पृथ्वीनगरमा शिवालय मन्दिर निर्माणाधिन स्थलमा १०८ पिपल रोपणको शुभारम्भ भएको छ । देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाल तथा देवचुली १० वडा अध्यक्ष केशर आलेले संयुक्तरुपमा वृक्षरोपण गरि १०८ पिपल रोपणको शुभारम्भ गर्नुभएको हो ।
स्थानिय स्तरमा धार्मिक प्रर्यटकिय क्षेत्र र आध्यात्मिक क्षेत्रको संगमको रुपमा निमार्ण गर्न लागिएको मन्दिर करिव २५ लाख रुपैया लागतमा सम्पन्न गर्ने लक्ष्य लिईएको छ । मन्दिर निमार्ण परिसर भित्र १०८ शिवलिङ्ग, बालउद्यान, चौतारी, आवाश गृह लगाएतको निमार्ण गरि धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने लक्ष्य लिईएको छ ।
कार्यक्रममा उपस्थित देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले पिपलको धार्मिक तथा वैज्ञानिक महत्वको बारेमा प्रष्ट्याउनुभएको थियो । साथै स्थानिय स्तरमा निमार्ण गरिने चौतारीहरु एक अदालत भएको र सोहि स्थानमा स्थानिय स्तरका घटना तथा योजनाको विषयमा छलफल गर्ने प्रमुख स्थल बन्ने गरेको भुसालको भनाई छ ।
विभिन्न जातजातिको सामुहिक बसाई रहेको देवचुली १० मा जातिय एकता र धार्मिक सहिष्णुताको प्रतिकको रुपमा मन्दिर निमार्ण गरिने देवचुली १० का वडा अध्यक्ष केशर आलेले बताउनुभयो ।
शिवालय मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष संजय शर्मा काफ्लेले आगामी शिवरात्री सम्म मन्दिर निमार्णको काम सम्पन्न गरिसकिने लक्ष्य लिईएको बताउनुभयो । साथै १०८ पिपल संरक्षण गर्ने कार्यक्रमको लागि प्रति पिपल एक हजारको दरले पिपल संरक्षण कोष बनाईने जानकारी दिनुभयो ।
आजको कार्यक्रमको सहजिकरण समाजसेवी दिनेश भुसालले गर्नुभएको हो ।