
विवेक भण्डारी ।
बर्षातको समय सुरु हुन थाले संगै अहिले पानी निकास र यसको व्यवस्थापन हुन नसक्दा स्थानिय हैरान खेप्न बाध्य बनेका छन । विकासको नाममा धमाधम सडक र सडक छेउमा नाला बनाइए पनि उक्त नालाको उचित व्यवस्थापन नहुदा स्थानियले हैरान खेप्न बाध्य बनेका छन । अहिले बर्षाको समयमा निकासका लागि आवस्यक पर्ने कुलोहरु पुरिदै जादाँ थप समस्या भएको छ ।

स्थानियतहमा सडक संगै नाला निर्माण गरिएको भए पनि सो नालामा थप व्यवस्थापन र बर्षातको बाढि थेग्न नसक्दा नाला भएर बग्ने पानी स्थानियको घर भित्र पस्न थाले पछि थप आजित बनेका छन । कावासोती नगरपालिकाका विभिन्न वडाहरुमा नालाको उचित व्यवस्थापन नहुदा समस्या देखिन थालेको छ ।
नगरपालिकाको वडा नम्बर दुईका एक स्थानियका अनुसार नाला व्यवस्थापन हुन नसक्दा पानीको व्यवस्थापन नभएको बताए । वडा नम्बर २ मात्र होइन जिल्लाको सदरमुक्काम समेत रहेको कावासोती नगरपालिकाको मुख्य बजार तथा चोकहरुमा ढल पानीको उचित व्यवस्थापन नहुदा सदमुक्काम नै कुरुप देखिएको स्थानियहरु बताउछन ।